खेल


इसान एसियन पब्जी च्याम्पियनसिप वैशाख तेस्रो साता

इसान एसियन पब्जी च्याम्पियनसिप वैशाख तेस्रो साता

नेपालखबर
बैशाख ७, २०८२ आइतबार १९:१३, काठमाडौँ

ई-स्पोर्टस संघ नेपाल (इसान) को आयोजनामा इसान एशियन पब्जी च्याम्पियनसिप आगामी वैशाखको तेस्रो सातामा हुने भएको छ।

कुल १३ राष्ट्रको टोलीले प्रतिष्पर्धा गर्ने इसान एसियन पब्जी च्याम्पियनसिपमा आगामी वैशाख २६ देखि २८ गतेसम्म हुन लागेको हो। आईतवार पत्रकार सम्मेलनमार्फत ई-स्पोर्टस संघ नेपालका अध्यक्ष अञ्जन धमलाले संघको वार्षिक कार्यक्रमअनुसार प्रतियोगिता हुन लागेको बताए।

उक्त प्रतियोगितामा नेपालका तीन टोली डिआरएस, होरा इस्पोट्र्स र नेपेक्स स्पोर्टसले खेल्ने भएको छ। मलेसिया, इण्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बाङ्लादेश, जोर्डन, सिरिया, लाओस, लेबनान, मङ्गोलिया, श्रीलंका र माल्दिभ्सका टोलीले भर्चुअलको माध्यमबाट प्रतिष्पर्धा गर्ने भएका छन्। बिग ब्राकेट्स इस्पोर्टसले च्याम्पियनसिपमा टेक्निकल व्यवस्थापन गर्ने इसानले जनाएको छ।

आयोजकले यस प्रतियोगिता आयोजना गर्न ३२ लाख रुपैयाँ लागत खर्च हुने अनुमान गरेको छ। प्रतियोगिताका शिर्ष ६ टोलीले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ। 

संघका अध्यक्ष धमलाले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको कार्यक्रमलाई वैशाखको अन्तिम साता सञ्चालन गर्न लागिएको जानकारी दिए। उनले ई स्पोट्र्सको पब्जी मोबाइल खेललाई समावेश गरेर एसियाली स्तरको प्रतियोगिता आयोजना गर्न लागेको बताए। 

अध्यक्ष धमलाले भर्चुअल एरिनामा एसियाका उत्कृष्ट गेमरलाई एकतावद्ध गर्न प्रतियोगिता उपयोगी हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad