समाज


त्रिशूलीमा मोटरसाइकलसहित दुई व्यक्ति खसे, एकजनाको उद्धार, अर्काको खोजी जारी

त्रिशूलीमा मोटरसाइकलसहित दुई व्यक्ति खसे, एकजनाको उद्धार, अर्काको खोजी जारी

नेपालखबर
बैशाख ७, २०८२ आइतबार १९:२७, काठमाडौँ

धादिको बेनिघाट रोराङ्ग गाउँपालिका–७ स्थित त्रिशूली नदीमा मोटरसाइकल सहित दुई व्यक्ति खसेका छन्।

ती मध्ये एकजनाको सशस्त्र प्रहरीले उद्धार गरी नदीबाट माथि ल्याएको छ भने अर्का व्यक्तिको खोजी गरिरहेको छ।

२ जना सवार मोटरसाइकल नदीमा खसेको खबर प्राप्त भएपश्चात् खोजी कार्यका लागि सशस्त्र प्रहरी बल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक अस्मित कुमार चौहानको  कमान्डमा गोताखोर सहितको सुरक्षा फौज परिचालन भएको थियो।

गोताखोर सहितको सुरक्षाफौजले सडकबाट करिब १ सय ५० मिटर तल भिरबाट रोप रेस्क्यु र स्टेचरको प्रयोग गरेर मोटरसाइकल र घाइतेलाई माथी ल्याउने कार्य गरिरहेका सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जाकारी दिए।

खोजतलासको क्रममा बा. प्र. ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल र एक व्यक्तिको उद्धार भएको हो। उनको साथबाट मीनबहादुर तामाङ लेखिएको यातायातसँग सम्बन्धित नगदी रसिद फेला परेको छ।

घाइतेलाई गजुरी अस्पताल लगिएको छ।

अर्का व्यक्ति पनि बेपत्ता भएको आशंकामा सशस्त्र प्रहरी बलको गोताखोरले खोजी गरिरहेको छ डीएसपी थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad