खेल


सुपर ओभरमा राजस्थानलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

सुपर ओभरमा राजस्थानलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १२:२५, काठमाडौँ

जारी आईपीएलको पहिलो सुपर ओभरमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

सुपर ओभरमा १२ रनको लक्ष्य पाएको दिल्लीले ट्रिस्टन स्टब्सले सन्दीप शर्माको चौथो बलमा छक्का प्रहार गर्दै जित सुनिश्चित गरे।

राजस्थानले मिचेल स्टार्कको अन्तिम बलअघि नै दुवै विकेट गुमाउँदा ११ रन मात्रै बनाउन सक्यो। रियान पराग र यशस्वी जयस्वाल दुवै रन आउट भए।

त्यसअघि जितका लागि १८९ रनको लक्ष्य पछ्याएको राजस्थानलाई अस्ट्रेलियाली सिमर स्टार्कको अन्तिम ओभरमा ९ रन चाहिएको थियो। तर अन्तिम बलमा दुई रन आवश्यक पर्दा ध्रुव जुरेल दोस्रो रनका लागि फर्कदै गर्दा रन आउट भए।

शीर्ष क्रमका ब्याट्सम्यान जयस्वालको ५१ रन र नितिस राणाको २८ बलमा ५१ रनको मनोरञ्जनात्मक पारीले राजस्थानलाई बलियो स्थितिमा पुर्‍याएको थियो। १८औँ ओभरमा स्टार्कको ट्रेडमार्क योर्कर बलमा राणा एलबीडब्ल्यू आउट भएका थिए।

जतिबेला खेल जित्न अझै २८ रन आवश्यक थियो।

दिल्लीको १८८ रनको स्कोर ओपनर अभिषेक पोरेलको ४९ रनको मद्दतमा तयार भएको थियो। केएल राहुलले ३८ रनको योगदान दिएका थिए भने स्टब्सले १८ बलमा नटआउट ३४ र कप्तान अक्षर पटेलले १४ बलमा ३४ रन जोडेका थिए।

राजस्थानका लागि इङ्ल्यान्डका सिमर बलर जोफ्रा आर्चरले २ विकेट लिए। दिल्लीले आफ्नो सुरुवाती ६ खेलमध्ये ५ खेल जितेको छ। राजस्थानले सात खेलमध्ये ५ मा हार बेहोरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad