खेल


यू–१९ विश्वकप एसिया छनोटमा हङकङ ११५ रनमा अलआउट, नेपाललाई सामान्य लक्ष्य

यू–१९ विश्वकप एसिया छनोटमा हङकङ ११५ रनमा अलआउट, नेपाललाई सामान्य लक्ष्य

नेपालखबर
बैशाख ३, २०८२ बुधबार १२:२६, काठमाडौँ

यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले ११६ रनको समान्य लक्ष्य पाएको छ। घरेलु टोलीले तल्लो मुलपानी मैदानमा टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङलाई ११५ रनमा अलआउट गरेको हो। 

हङकङले ४६.२ ओभरमा ११५ रन बनाउँदा अलआउट भएको हो। हङकङका लागि शिभ मथुरले सर्वाधिक ६३ रन बनाए पनि अन्य ब्याटर टिक्न सकेनन्। अर्या पञ्जावनीले १३ रन, ह्यारी थोमस होग्सनले १० रन बनाउँदा भीर माथुरले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका युवराज खत्रीले ४ र बिपिन शर्माले ३ विकेट लिए।

युवराजले १० ओभरमाा मात्रै १८ रन दिँदा बिपिनले ६.२ ओभरमा २४ रन दिए। सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए। 
नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ। 

अपराजित रहेको नेपालले यसअघि युएई र ओमानलाई पराजित गरेको थियो। अन्तिम खेलमा आगामी शनिबार अफगानिस्तानसँग खेल्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad