सर्लाहीमा गुडिरहेको एक कारमा आगलागी भएको छ।
बागमती नगरपालिका–१२ स्थित भरत ताल किनारमा घुमफिरका लागि आएका यात्रु सवार ना. ५ च २३३२ नम्बरको कारमा अचानक आगलागी भएको हो।
आगलागीबाट कारमा क्षति पुगेको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ।
कारमा लागेको आगो नजिकै रहेका प्रत्यक्षदर्शीले पानी र बालुवा हालेर निभाएका छन्। कारमा आगलागीको कारण भने खुल्न सकेको छैन।
123
Shares

प्रतिक्रिया