भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले भारतीय पुरुष टोलीको बंगलादेश भ्रमणको तालिका सार्वजनिक गरेको छ।
बीसीसीआईले मंगलबार एक्समा गरेको पोस्टअनुसार भारतीय टोलीले यस वर्ष अगस्टमा बंगलादेशको भ्रमण गर्नेछ। यस क्रममा टोलीले बंगलादेशसँग ३ खेलको एकदिवसीय शृंखला र ३ खेलको टी-२० शृंखला खेल्नेछ।
एकदिवसीय शृंखलाको पहिलो खेल अगस्ट १७ मा मिरपुरमा हुनेछ। यसपछि दोस्रो एकदिवसीय खेल अगस्ट २० मा मिरपुरमै हुनेछ। शृंखलाको तेस्रो तथा अन्तिम खेल अगस्ट २३ मा चटगाउँमा खेलिनेछ।
एकदिवसीय शृंखलापछि ३ खेलको टी-२० शृंखला पनि खेलिनेछ। टी-२० शृंखलाको पहिलो खेल अगस्ट २६ मा चटगाउँमा खेलिनेछ। दोस्रो टी-२० खेल अगस्ट २९ मा मिरपुरमा हुनेछ र तेस्रो टी-२० खेल पनि अगस्ट ३१ मा मिरपुरमा हुनेछ।
228
Shares

प्रतिक्रिया