खेल


छेलोलाई १०औँ राष्ट्रिय खेलकुदमा समावेश गर्न माग

छेलोलाई १०औँ राष्ट्रिय खेलकुदमा समावेश गर्न माग

नेपालखबर
चैत २७, २०८१ बुधबार १६:९, काठमाडौँ

गण्डकी- गण्डकी प्रदेशसभाको मङ्गलबारको बैठकमा गण्डकी प्रदेशमा परापूर्व कालदेखि प्रचलनमा रहँदै आएको मौलिक खेल छेलो (ठेलो)लाई आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गर्नुपर्ने आवाज उठेको छ। 

बैठकको आकस्मिक समयमा प्रदेशसभा सदस्य बेदबहादुर गुरुङले यसअघि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदर्शनी खेलका रुपमा समावेश भइसकेको छेलो खेललाई दौँ राष्ट्रिय खेलकुदमा समेट्नुपर्ने बताए। 

'गण्डकी प्रदेशको मौलिकता र पहिचानसँग जोडिएको यस खेललाई राष्ट्रिय-अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गर्न प्रदेश सरकार र सम्बन्धित मन्त्रालयले पहल गरोस्', उनले भने, 'राष्ट्रिय खेलकुद परिषद् र सातवटै प्रदेश सरकारसँगको समन्वयमा यस खेललाई दशौँ राष्ट्रिय खेलकुदमा समावेश गर्न आवश्यक बजेटको प्रबन्ध र जनशक्ति उत्पादनमा पहल लिनु आवश्यक छ ।'

प्रदेशको मौलिक खेलका रुपमा छेलो खेलेको संरक्षण र पहिचानका लागि प्रदेश सरकारले यसअघि नै कार्यविधि बनाएका काम गरेको उल्लेख गर्दै प्रदेशसभा सदस्य गुरुङले आगामी आवको बजेट तथा कार्यक्रममा पनि त्यसलाई निरन्तरता दिन माग गरे।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad