न्युक्यासल युनाइटेडले च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना बलियो बनाउँदा लेस्टर सिटीको रेलिगेसनमा पर्ने खतरा अझै बढेको छ।
न्युक्यासल युनाइटेडले च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना बलियो बनाउँदा लेस्टर सिटीको रेलिगेसनमा पर्ने खतरा अझै बढेको छ।
इङ्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति किङ पावर स्टेडियममा भएको खेलमा न्युक्यासलले लेस्टरमाथि ३–० को फराकिलो जित दर्ता गरेको हो।
खेलको दोस्रो मिनेटमा नै न्युक्यासलले सुरुवाती अग्रता बनाएको थियो। ज्याकोब मर्फीको गोलमा न्युक्यासलले सुरुवातमा नै अग्रता लिएको थियो। पहिलो हाफको ११ औँ मिनेटमा मर्फीले व्यक्तीगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।
जितसँगै न्युक्यासलले चौथो स्थानमा रहेको चेल्सीसँगको अंक बराबर गरेको छ। न्युक्यासलभन्दा एक खेल बढी खेलेको चेल्सीको ३१ खेलमध्य १५ खेलमा जित, ८ खेलमा हार र ८ खेलमा बराबरी गर्दै ५३ अंकमा चौथो स्थानमा छ।
चेल्सीभन्दा एक खेल कम खेलेको न्युक्यासलले १६ खेलमा जित, ५ खेलमा बराबरी र ९ खेलमा हार भोग्दै ५३ अंकमा पाचौँ स्थानमा छ।
च्याम्पियन्स लिगमा स्थान बनाउने दौडमा न्युक्यासलसँगै म्यानचेष्टर सिटी र एस्टोन भिल्ला पनि छन्।
यता लगातारको हारले लेस्टर सिटीको रेलिगेसन खतरा बढिरहेको छ। समान ३१ खेलबाट १७ अंक बनाएको लेस्टर पुछारबाट दोस्रो स्थानमा रहेको छ। लेस्टरलाई रेलिगेसनबाट जोगिन सात खेलमा १५ अंक जोड्नुपर्ने हुन्छ।
Shares

प्रतिक्रिया