खेल


इङ्लिस प्रिमियर लिगः उपाधि होडमा लिभरपुल थप बलियो

इङ्लिस प्रिमियर लिगः उपाधि होडमा लिभरपुल थप बलियो

नेपालखबर
चैत २१, २०८१ बिहिबार ६:५, काठमाडौँ

एभर्टनलाई हराउँदै लिभरपुलले इङ्लिस प्रिमियर लिगको उपाधि होडलाई थप बलियो बनाएको छ। 

बुधबार राति एनफिल्डमा भएको खेलमा एभर्टनलाई १–० गोल अन्तरले हराउँदै लिभरपुलले उपाधि जित्ने सम्भावना बलियो बनाएको हो।

खेलको ५७ औँ मिनेटमा डिएगोल जोटाको निर्णायक गोलमा लिभरपुलले एभर्टनलाई पराजित गरेको हो। 

लिगको ३० खेलबाट ७३ अंक बनाएको लिभरपुलले शीर्ष स्थानको आर्सनलसँग १२ अंकको स्पष्ट अग्रता बनाएको छ। दोस्रो स्थानको आर्सनलको समान खेलबाट ६१ अंक छ। 

गएराति नै भएको अर्को खेलमा एस्टोन भिल्लाले ब्राइटनमाथि ३–० को फराकिलो जित हात पारेको छ भने म्यानचेष्टर सिटीले लेस्टर सिटीलाई २–० ले पाखा लगाएको छ।

त्यसैगरि इप्सविच टाउनले वर्नमाउथलाई २–१ ले हराउँदा न्युक्यासलले भने ब्रेन्टफोडमाथि २–१ को जित दर्ता गर्यो। साउथहेप्टन र क्रिस्टल प्यालेसले भने १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad