खेल


आईपीएल: जस बटलरको विस्फोटक ब्याटिङमा गुजरातको जित

आईपीएल: जस बटलरको विस्फोटक ब्याटिङमा गुजरातको जित

नेपालखबर
चैत २१, २०८१ बिहिबार ६:१४, काठमाडौँ

जस बटलरको विष्फोटक ब्याटिङमा गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा दोस्रो जित दर्ता गरेको छ। 

बुधबार राति सम्पन्न खेलमा गुजरातले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८ विकेटले पराजित गर्दै अंक तालिकामा २ अंक जोडेको हो। 

गुजरातले लगातार दोस्रो जित दर्ता गर्दा आरसीबीले भने आइपीएलमा पहिलो हार व्यहोरेको छ। 

हारका बाबजुद पनि आरसीबी अंक तालिकाको तेस्रो स्थानमा छ। लिगको ३ खेलमा २ खेलमा जित र एक खेलमा हार भोगेको आरसीबी चार अंकमा तेस्रो स्थानमा छ। समान नतिजा र अंक भएपनि गुजरात नेट रनरेटमा अघि रहँदै चौथो स्थानमा रहेको हो। 

आरसीबीले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १७.५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। गुजरातको जितमा जस बटलर ७३ र सेरफाने रुदरफोर्ड ३० रनमा अविजित रहे। 

ओपनर साइ सुदर्शन ४९ र कप्तान शुभमन गिल १४ अंकमा क्याच आउट भए। 

त्यसअघि बैग्लुरुमा गुजरातले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रनको योगफल तयार पार्यो। 

आरसीबीका लागि लियाम लिभिङस्टोनले बनाएको ५४ रन नै सर्वाधिक रह्यो। जितेश र्माले ३३ र टिम डेविडले ३२ रन थपे। फिल साल्टले १४ र कप्तान रजतले १२ रन बनाए। 

गुजरातका लागि मोहम्मद सिराजले ४ ओभरमा १९ रन खर्चेर ३ विकेटे लिए। साइ किशोरले २ विकेट लिए। 

आइपीएलमा आज कोलकता नाइड राइडर्स र सनराइजर्स हैदरावाद भिड्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad