खेल


आईपीएलमा पञ्जाको दोस्रो जित, लखनउ ८ विकेटले पराजित

आईपीएलमा पञ्जाको दोस्रो जित, लखनउ ८ विकेटले पराजित

नेपालखबर
चैत १९, २०८१ मंगलबार २३:२२, काठमाडौँ

लखनउ सुपर जायन्टलाई ८ विकेटले पराजित गर्दै पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित निकालेको छ। 
मंगलबार भएको खेलमा लखनउले दिएको १७२ रनको लक्ष्य पञ्जावले १६.२ ओभरमा २ विकेटको क्षतिमा भेटायो। 

पञ्जावको जितमा प्रभसिमरन सिंहले सर्वाधिक ६९ रनको योगदान दिए। उनी ३४ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दा क्याच आउट हुन पुगे।

कप्तान श्रेयस ऐयर ५२ र नेहाल वाडेरा ४३ रनमा अविजित रहे। कप्तान ऐयरले ३० बलमा ३ छक्का र ४ चौका हाने। नेहालले २५ बलमा ३ चौका र ४ चौका प्रहार गरे। प्रियास आर्या ८ रनमा क्याच आउट हुन पुगे। 

त्यसअघि लखनउमा पञ्जावले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रनको योगफल तयार पारेको थियो। 

निकोलस पुरनले सर्वाधिक ४४ रन थपे। आयुष बाडोनीले ४१ र अब्दुल समादले २७ रन थपे। 

ओपनर एडेन मक्रम २८ रन बनाउँदा क्याच आउट हुन पुगे। 

पञ्जावका लागि अर्षदिप सिंहले ३ विकेट लिए। लोकी फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को जानसेन र युजभेन्द्र चाहालले समान एक विकेट लिए। 

जितसँगै पञ्जाव किंग्स अंक् तालिकाको दोस्रो स्थानमा उक्लेको छ।

समान २ खेलमा जित निकालेका रोयल च्यालेन्जर्स बैग्लुरु, पञ्जाव र देल्ली क्यापिटल्स शीर्ष, दोस्रो र तेस्रो स्थानमा छन्। 

लिगका ३ खेल मध्य दुई खेलमा हार र १ खेलमा पराजित लखनउ अंक तालिकाको छैटौँ स्थानमा छ। 

आईपीएलमा बुधबार रोयल च्यालेन्जसै बैंग्लुरु र गुजरात टाइटन्स भिड्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad