खेल


एफए कप: म्यानचेस्टर सिटी बन्यो उपाधिको बलियो दावेदार

एफए कप: म्यानचेस्टर सिटी बन्यो उपाधिको बलियो दावेदार

नेपालखबर
चैत १८, २०८१ सोमबार ६:१६, काठमाडौँ

एएफसी बर्नमाउथलाई हराउँदै एफए कपको सेमिफाइनलमा पुगेसँगै म्यानचेस्टर सिटीका लागि यो सिजन उपाधि जित्ने सम्भावना केही बलियो देखिएको छ। 

आइतबार राति भएको एफए कपको क्वार्टरफाइनलमा बर्नमाउथमाथि २–१ को जित निकाल्दै सिटी सेमिफाइनलमा पुगेको हो। 

सिटीले अब फाइनल प्रवेशका लागि नटिङ्घम फरेस्टको सामना गर्नेछ। 

जारी सिजन उत्कृष्ट लय समाउन नसकेको सिटी योपटक उपाधिका लागि संर्घष गरिरहेको छ। सिटीको जितमा एर्लिङ हालान्ड र ओमार मार्मोसले गोल गरे। 

पहिलो हाफको २१ औँ मिनेटमा इभानिल्सनको गोलमा वर्नमाउथले सुरुवाती अग्रता बनाएको थियो। 

पहिलो हाफमा गोलका लागि सिटीले निकै संर्घष गर्नुपरेको थियो। एर्लिङ हालान्डको पेनाल्टी प्रहार वर्नमाउथका गोलरक्षक केपा एरिजाबालागाले बचाए। त्यसपछिका सुन्दर दुई प्रहार विफल बन्दा सिटीले पहिलो हाफमा बराबरीको मौका खेर फाल्यो। 

तर खेलको ४९ औँ मिनेटमा एर्लिङ हालान्डको गोलमा सिटी खेलमा फर्किएको थियो। खेलको ६३ औँ मिनेटमा ओमारको गोलमा सिटीले अग्रता बनायो। सिटीका दुवै गोलमा निको ओ रियल्लीले नायक बने। 

गएराति भएको अर्को खेलमा प्रिस्टोन नर्थ इण्डमाथि ३–० को फराकिलो जित निकाल्दै एष्टोन भिल्ला एफए कपको सेमिफाइनल पुगेको छ। 

भिल्लाको जितमा रासफोर्डले दुई तथा ज्याकोब राम्सेले एक गोल गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad