खेल


प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक मलिस् क्रिकेट क्लबलाई

प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक मलिस् क्रिकेट क्लबलाई

नेपालखबर
चैत १६, २०८१ शनिबार १९:१२, विराटनगर

आयोजक मलिस् क्रिकेट क्लब एन्ड एकेडेमी प्रदेश स्तरीय टी– २० क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ। विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शनिवार सम्पन्न फाई लन खेलमा घरेलु टिम मोरङ जिल्लालाई २ विकेटले पराजित गर्दै आयोजकले उपाधि जितेको हो।

विजेताले नगद १ लाख १ हजार रुपैयाँ हात पारेको छ।  उपविजेता बनेको मोरङले नगद ५१ हजार रुपैयाँमा चित्त बुझायो। मोरङले दिएको १२० रनको लक्ष्य आयोजकले १९।५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। 

आयोजकको जितमा क्रिस शर्माले २४ रन बनाए। उनले १९ बलमा दुई चौका प्रहार गरे। सौगात भट्टराईले अविजित १८ बलमा १९ रनको योगदान दिए। उनले १ चौका प्रहार गरे। उनी खेलको प्लेयर अफ द फाइनल घोषित भए।  

प्रशान्त साहले अविजित १२ बलमा १३ रन पारी खेल्दा सागर मोचेले १८ बलमा १६ रनको योगदान दिए। निरज मुखियाले ६ बलमा  १४ रन र मुकुन्द यादवले १३ बलमा १० रन बनाए।

मोरङका बलर मेहबुब इराकी २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए। एरन अलीले ३।५ ओभरमा २२ रन खर्चेर २ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ थालेको मोरङले २० ओभरमा ७ विकेटको क्षतिमा ११९ रनको मध्यम योगफल बनाएको थियो।  

खेलको प्लेयर अफ द सिरिज मोरङ जिल्लाका मिनस थापा घोषित भए। उनले नगद १५ हजार प्राप्त गरे। वेस्ट ब्याटरमा आयोजकका मुकुन यादव, र वेस्ट बलरमा उदयपुर जिल्लाका तेज आचार्य घोषित भए। उनीहरूले जनही ११ हजार रुपैयाँ पाए।    

मलिस् क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा चैत १२ गतेदेखि भएको प्रतियोगितामा क्यानमा आबद्ध ६ वटा जिल्लाको सहभागिता रहेको थियो। 

प्रतियोगिताको विजेता हुने टिमलाई प्रदेश खेलकुद विकास बोर्ड कोसी प्रदेशकी उपाध्यक्ष बिन्दिया कार्की, जिल्ला खेलकुद विकास समिति मोरङकी सदस्य शान्ता जोशी, मलिस् क्रिकेट क्लब एन्ड एकेडेमीका अध्यक्ष मुरारी चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad