खेल


आईपीएलः डी ककको विष्फोटक ब्याटिङमा कोलकताको पहिलो जित

आईपीएलः डी ककको विष्फोटक ब्याटिङमा कोलकताको पहिलो जित

नेपालखबर
चैत १३, २०८१ बुधबार २३:३६, काठमाडौँ

क्विन्टन डि कक को विष्फोटक ब्याटिङमा कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित दर्ता गरेको छ। 

आईपीएलमा कोलकताले पहिलो जित दर्ता गरेको दिन राजस्थान रोयल्सले भने लगातार दोस्रो हार व्यहोरेको हो। 

जितसँगै कोलकता २ अंकमा छैटौँ स्थानमा छ। लगातार दोस्रो हार भोगेको राजस्थान अंक तालिकाको पुछारमा छ। 

राजस्थान रोयल्सले दिएको १ सय ५२ रनको लक्ष्य कोलकताले १७.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। 

कोलकताका लागि डि कक ६१ बलमा ८ चौका र ६ छक्का सहयोगमा ९७ रनमा अविजित रहे।

एंक्रिस रघुवंशी २२ रनमा नट आउट रहे। अ‍ोपनर मोइन अली ५ रनमा रनआउट भए। 

कप्तान अजिंके रहाने १८ बलमा क्याच आउट हुन पुगे। 

त्यसअघि गुहावटीस्थित वर्षपारा क्रिकेट स्टेडियममा कोलकाताले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५१ रनको योगफल तयार पारेको थियो। 

राजस्थानका लागि ध्रुव जुरेलले बनाएको ३३ रन नै सर्वाधिक रह्यो। ओपनर यशस्वी जैसवालले २९ तथा सञ्जु सामसन १३ रन बनाउँदै पेभेलियन फर्के। कप्तान रियान परागले २५ रन थपे। जोफ्रा आर्चर १६ रन बनाउँदा बोल्ड आउट भए। 

कोलकताका वैभव अरोरा, हर्षित राना, मोइन अली र वरुण चक्रवतीले समान २ विकेट झारे। 

स्पेन्सर जोनसनको नाममा एक विकेट रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad