खेल


राजस्थानद्वारा कोलकतालाई १ सय ५२ रनको लक्ष्य प्रस्तुत

राजस्थानद्वारा कोलकतालाई १ सय ५२ रनको लक्ष्य प्रस्तुत

नेपालखबर
चैत १३, २०८१ बुधबार २१:५०, काठमाडौँ

राजस्थान रोयल्सले इण्डियन प्रिमियर लिग (आइपीएल) मा जितका लागि कोलकता नाइट राइडर्ससामु १ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

गुहावाटीस्थित बर्षपारा क्रिकेट स्टेडियममा कोलकताले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५१ रनको योगफल तयार पारेको हो।

राजस्थानका लागि ध्रुव जुरेलले बनाएको ३३ रन नै सर्वाधिक रह्यो। ओपनर यशस्वी जैसवालले २९ तथा सञ्जु सामसन १३ रन बनाउँदै पेभेलियन फर्के। 

कप्तान रियान परागले २५ रन थपे। जोफ्रा आर्चर १६ रन बनाउँदा बोल्ड आउट भए।

कोलकताका वैभव अरोरा, हर्षित राना, मोइन अली र वरुण चक्रवतीले समान २ विकेट झारे।

स्पेन्सर जोनसनको नाममा एक विकेट रह्यो।

कोलकताले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad