इण्डियन प्रिमियर लिग (आईपीएल)मा बुधबारदेखि दोस्रो चरणका खेल सुरु हुँदैछन्। पहिलो दिन राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स भिड्ने छन्। यी दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएका छन्।
साविक विजेता कोलकाता पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंग्लुरुसँग पराजित भएको थियो। राजस्थान पनि सनराइजर्स हैदरावादसँग हारेको थियो। गुवाहाटीमा एकअर्काविरुद्ध उत्रिँदा दुवै टोली पहिलो जितको खोजिमा हुनेछन्।
घरेलु मैदान गुवाहाटीमा २०२३ देखि राजस्थान रोयल्सले उत्साहजनक नतिजा निकाल्न सकेको छैन। आफ्ना तीन खेल मध्ये दुई खेलमा हारेको छ, एक खेल वर्षाका कारण रद्द भएको थियो।
बुधबार आफ्नै सहरका कप्तान रियान परागले राजस्थानको कप्तानी गर्नेछन्। पहिलो खेलमा आईपीएलकै दोस्रो उच्च लक्ष्य पाएको राजस्थान २४२ रन बनाउँदा पनि ४४ रनले पराजित भएको थियो। बलरहरुले रन रोक्न र विकेट लिन नसक्दा हैदरावाद आफ्नै कीर्तिमान तोड्नबाट एक रन टाढा रह्यो। जोफ्रा आर्जरले त्यो खेलमा विनाविकेट ७६ रन खर्चिएर आईपीएलकै सर्वाधिक महंगो बलर बनेका थिए।
उक्त खेलमा ओपनिङमा आएका हप्तान पराग पनि चल्न सकेनन्। २ बलमा ४ रन जोडेर उनी आउट भएका थिए। सन्जु सामसनको ६६ र ध्रुव जुरेलको ७० रनको मद्दतमा राजस्थानले सम्मानजनक स्कोर बनाएको थियो। सिम्रन हेटमारले ४२ र शुभव दुवेले ३४ रनको योगदान दिएका थिए। राजस्थानका लागि घरेलु मैदानमा आज पनि उनीहरूले यस्तै प्रदर्शन गर्न सके घरेलु मैदानमा अंकको खाता खुल्न सक्छ।
उद्घाटन खेलमा ७ विकेटले पराजित भएको साविक विजजेता कोलकाता पनि आज घरेलु टोलीलाई निराश बनाउने लक्ष्यमा हुनेछ। बेंग्लुरुलाई १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जुन बेंग्लुरुले मात्रै ३ विकेट गुमाएर २२ बलअघि नै लक्ष्य पूरा गरेको थियो।
त्यो खलेमा कप्तान अजिंक्य रहणेले सर्वाधिक ५६ रन बनाएका थिए। सुनिल नरिनेले ४४ रन बनाए पनि कोलाकाताले बेंग्लुरुलाई चुनौती दिन सकेको थिएन। आज कोलकाता त्यसलाई बिर्साउने प्रदर्शन चाहन्छ। पहिलो चरणका खेलमा हैदरावाद र बेंग्लुरुसँगै पञ्जाव किंग्स, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स विजयी भएका थिए।
Shares

प्रतिक्रिया