कारोबार


नागरिक उड्डयन प्राधिकरण विधेयक फिर्ता लिन माग गर्दै कर्मचारीको प्रदर्शन

नागरिक उड्डयन प्राधिकरण विधेयक फिर्ता लिन माग गर्दै कर्मचारीको प्रदर्शन

नेपालखबर
चैत १३, २०८१ बुधबार १४:५२, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक , २०८१ फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन भएको छ।

बुधबार काठमाडौँको सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालय अगाडि आधिकारिक ट्रेड युनियन, नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरूले विरोध प्रदर्शन गरेका हुन्।

उनीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ तत्काल  फिर्ता गर्न माग गरेका छन्। हवाई क्षेत्रमाथि निजीकरण हुन लागेको भन्दै हवाई क्षेत्र निजीकरण तत्काल बन्द हुनुपर्ने माग रहेको छ।

प्रदर्शनकारीहरूले हवाई माफियाहरू होशियार, नागरिक उड्डयन प्राधिकरण विभाजन गर्ने राष्ट्रघाती विधेयक फिर्ता गर, हवाई क्षेत्रमाथि हुन लागेको निजीकरण बन्द गर, विधेयकमाथि विधेयक लाद्ने श्रृंखलाको अन्त्य गरौँ लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad