गुजरात टाइटन्सलाई पराजित गर्दै पञ्जाव किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा विजय सुरुवात गरेको छ।
मंगलबार राति भएको खेलमा पञ्जावले गुजरातलाई ११ रनले पराजित गरेको हो।
पञ्जावले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ३२ रन मात्र बनाउन सक्यो।
दोस्रो विकेटका लागि कप्तान तथा ओपनर शुभमन गील र जस बटलरले ३३ बलमा ४ चौका र २ छक्का साथ ५४ रन जोडे।
१४ बलमा २ चौका र ३ छक्का सयोगमा ३३ रन बनाएका गील क्याच आउट हुन पुगे। ३३ बलमा २४ चौका र २ छक्का सहयोगमा ५४ रन बनाएका बनाएका बटलर बोल्ड आउट भए।
४१ बलमा ५ चौका र ६ छक्का सहयोगमा ७४ रनको महत्वपुर्ण योगदान दिएका ओपनर साइ सुदर्शन क्याच आुन पुगे। सेरफाने रुदरहुडले ४६ रन बनाउँदै पेभेलियन फर्के।
पञ्जावका अर्शदिप सिंहले २ विकेट लिए। मार्को जानसेन र ग्लेन म्याक्सवेलले समान एक विकेट लिए।
त्यसअघि अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा गुजरातले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४३ रनको योगफल तयार पारेको हो।
पञ्जावका लागि विष्फोटक ब्याटिङ गरेका कप्तान ऐर ९७ रनमा अविजित रहे। उनले ४२ बलमा ५ चौका र ९ छक्का प्रहार गरे। शशांक सिह ४४ रनमा नटआउट रहे।
ओपनर पृयास आर्या २३ बलमा ७ चौका र २ छक्का सहयोगमा ४७ रन बनाउँदा क्याच आउट हुन पुगे। माक्युर्स इस्टोनिसले २० र अज्मतुल्लाह ओमारजाइले १६ रन थपे।
गुजरातका लागि साइ किसोरले ३ विकेट लिए। कागिसो रवाडा र रासिद खानले समान एक विकेट लिए।
अंक तालिका
गुजरात र पञ्जावको खेलसँगै आइपीएलमा सहभागी दश टोलीले समान एक खेल खेलिसकेका छन्।
आइपीएलको पहिलो राउण्ड सकिदा सनराइजर्स हैदरावाद २ अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ।
समान २ अंक भएका रोयल च्यालेन्जर्स बैगलुरु दोस्रो पञ्जाव किंग्स तेस्रो, चेन्नइ सुपर किंग्स चौथो र देल्ली क्यापिटल पाचौँ स्थानमा छन्। राजस्थान अंक तालिकाको पुछारमा छ।
Shares

प्रतिक्रिया