ब्राजिलका स्टार स्ट्राइकर नेइमारले जाँघको चोटका कारण सन् २०२६ मा हुने विश्वकप फुटबलका लागि मार्चमा हुने कोलम्बिया र अर्जेन्टिनाविरुद्धको छनोट खेल नखेल्ने भएका छन्।
नेइमार चोटका कारण करिब डेढ वर्ष ब्राजिली टोलीबाट बाहिर थिए। तर फेब्रुअरीमा सान्तोसमा फर्किएका थिए।
ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनोटमा पाँचौँ स्थानमा झरेपछि डोरिभल जुनियरको प्रशिक्षणमासन् २०२३ को अक्टोबरमा उनले अन्तिमपटक ब्राजिलको प्रतिनिधित्व गरेको टोलीमा ७९ गोल गरेका थिए।
उनी ब्राजिलका हालका खेलाडीमध्ये सर्वाधिक गोलकर्ता हुन्।
ब्राजिलले मार्च २० मा ब्रासिलियामा कोलम्बियाको सामना गर्नेछ भने त्यसको पाँच दिनपछि ब्युनस आयर्समा प्रतिद्वन्द्वी तथा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाविरुद्ध भिड्नेछ।
तेत्तीस वर्षीय नेइमारले दुई साताअघि १४ महिनापछि पहिलो गोल गर्दै सान्तोसका लागि खाता खोलेका थिए।
Shares

प्रतिक्रिया