खेल


नेपालको लगातार खराब प्रदर्शन, युगान्डासँग ४० रनले हार्दा फाइनलको सम्भावना सकियो

नेपालको लगातार खराब प्रदर्शन, युगान्डासँग ४० रनले हार्दा फाइनलको सम्भावना सकियो

नेपालखबर
फागुन २९, २०८१ बिहिबार १९:४४, काठमाडौँ

युगान्डामा जारी वुमन्स डे कप टि–२० क्रिकेटमा नेपाल एक खेल अघि नै लिग चरणबाटै बाहिरिने पक्का भएको छ। लगातारको खराब ब्याटिङसँगै नेपाल फाइनलमा पुग्न सम्भावना सकिएको हो।

बिहीबार भएको खेलमा युगान्डाले प्रस्तुत गरेको ९२ रनको लक्ष्य पछ्याएको नेपाल ४० रनले पराजित भएको हो। १७ ओभरमा ५१ रन बनाउँदा नेपाल अलआउट भयो।

यसअघि पहिलो चरणको खेलमा भने नेपालले युगान्डालाई एक विकेटले पराजित गरेको थियो। बाँकी चार खेलमा नेपाल पराजित भएको हो। नामिवियासँग दुवै खेलमा पराजित भएको नेपालले अन्तिम खेल शुक्रबार हङकङसँग खेल्दैछ।

बिहीबार नेपालका लागि ओपनिङमा आएकी कप्तान इन्दु बर्माले १२ बलमा ११ रन बनाइन्। सम्झना खड्का शून्य रनमा आउट हुँदा पूजा महतोले पनि ७ रन मात्रै जोडन् सकिन्।

रुविना क्षेत्री र ममता चौधरी पनि शून्य रनमै आउट भएपछि नेपालको इनिङ्स धरापमा पर्यो।

साना प्रविनले ६, कविता जोशीले १२ रन बनाउँदा एलिसा यादवले पनि ९ रनमै आउट भइन्। इश्वरी बिष्ट र रचना चौधरीले रन जोड्न सकेनन्। अन्तिम विकेटका रुपमा रिया शर्मा २ रनमै आउट भइन्।

युगान्डाका मुटोनी इरेन र इमाकुलेट नकिसुइले समान तीन तीन विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाएको थियो। युगान्डाका दुवै ओपनर शून्य रनमै आउट भएपनि त्यसपछि आएका ब्याटरले सम्हालिएर प्रदर्शन गरे। 

एस्तेर इलोकुले २२ तथा रीता मुसमालीले ३८ रन बनाइन्। इमाकुलेट नकिसुइले ४ रनको योगदान दिइन्। 

स्टेफनी नामपिना १३ र मालिसा अरियोकोट ७ रनमा नटआउट रहे।

नेपालका लागि रिया शर्माले दुई तथा पूजो महतो, ईश्वरी बिष्ट र रुविना क्षेत्रीले एक एक विकेट लिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad