युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत युगान्डाविरुद्धकै खेलमा नेपालले ९२ रनको लक्ष्य पाएको छ।
निर्धारित २० ओभरको खेलमा युगान्डाले ५ विकेट गुमाएर ९१ रन बनाएसँगै नेपालले ९२ रनको लक्ष्य पाएको हो।
युगान्डाविरुद्ध आजको खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको थियो। युगान्डाको एन्टेबे क्रिकेट मैदानमा युगान्डाका कप्तान जेनेत मम्बाजीले टस जित्दै पहिले ब्याङि गर्ने निर्णय लिएकी थिइन्।
खेलमा नेपालकी रिया शर्माले ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर २ विकेट लिइन्। पूजा महतोले तीन ओभर बलिङ गरेर १५ रन खर्चिँदै १ विकेट लिइन्। त्यस्तै ईश्वरी विष्टले पनि तीन ओभर नै बलिङ गरेर १५ रन नै खर्चेर १ विकेट लिइन्। रुबिना क्षेत्रीले चार ओभर बलिङ गर्दै १४ रन खर्चेर १ विकेट लिइन्।
इन्दु बर्माले चार ओभर बलिङ गरेर २२ रन खर्चिइन्। उनी विकेट बिहीन रहिन्। रचना कुमारी चौधरीले २ ओभर बलिङ गर्दै ९ रन खर्चिइन्।
पूजाले युगान्डाकी जानेत म्बाबाजीलाई शून्य रनमै एलबीडब्लूमार्फत बाहिर पठाइन्। त्यस्तै ईश्वरीले प्रोस्कोभिया अलाकोलाई पनि शून्य रनमै आउट पारिन्। त्यस्तै रिया शर्मालले युगान्डाकी स्थेर इलोकुलाई र इम्माकुलेटलाई आउट गरिन्। रुविनाले रिताहलाई आउट पारिन्।
प्रतियोगितामा नेपालले यसअघिका चार खेलमध्ये तीनमा हार बेहोरेको थियो। यसअघिको भेटमा युगाण्डा नेपालसँग एक विकेटले पराजित भएको थियो। साथै नेपालले नामिबियासँगै दुवै खेल र हङकङसँग एक खेलमा पराजय भइसकेको छ। नेपाल अङ्क तालिकाको पुच्छारमा छ।
Shares

प्रतिक्रिया