ग्लोबल


पुटिनका सहयोगी भन्छन् : ३० दिने युद्धविराम युक्रेनी सेनालाई विश्रामको मौका मात्र हो

पुटिनका सहयोगी भन्छन् : ३० दिने युद्धविराम युक्रेनी सेनालाई विश्रामको मौका मात्र हो

नेपालखबर
फागुन २९, २०८१ बिहिबार १८:४७,

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उसाकोवले अमेरिकाले अघि सारेको ३० दिने युद्धविरामको प्रस्तावलाई अस्वीकार गरेका छन्। उनले यो युक्रेनी सेनालाई विश्रामको मौका मात्र भएको बताएका छन्।

‘यो युक्रेनी सेनाका लागि अस्थायी विश्रामभन्दा ज्यादा केही पनि होइन,’ उसाकोवले भनेका छन्, ‘हाम्रो लक्ष्य भनेको शान्तिपूर्ण रुपमा दीर्घकालीन सम्झौता हो। हामीले खोजेको त्यो हो– शान्तिपूर्ण समाधान।’

उनले युक्रेन नेटोको सदस्य बन्ने सन्दर्भमा कुरै हुन नसक्ने अमेरिकीहरूलाई थाहा भएको पनि उल्लेख गरे।

अमेरिकी दूत स्टिभ विट्कोफ यस विषयमा कुरा गर्न मस्को पुगेका छन्। 

अस्थायी युद्धविरामको अमेरिकी प्रस्तावबारे पुटिनले अहिलेसम्म केही बताएका छैनन्। हाल उनी बेलारुसी राष्ट्रपति अलेक्सान्द्र लुकासेन्कोसँगको भेटमा छन्। यसपछि उनले आफ्नो धारणा सार्वजनिक गर्न सक्ने आकलन गरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad