यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।
गएराति प्रि–क्वार्टरफाइनलको दोस्रो लेग सकिएसँगै लिगको क्वार्टरफाइनल समीकरण पूरा भएको हो।
च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियल मड्रिड र आर्सनल तथा बार्सिलोना र बोरुसिया डर्टमुन्ड भिड्नेछन्। अर्को खेलमा बायर्न म्युनिख र इन्टर मिलान भिड्दा एस्टोन भिल्लाले पीएसजीको सामना गर्नेछ।
क्वार्टरफाइनलको पहिलो लेग ८ अप्रिलमा हुनेछ। दोस्रो लेग १५ अप्रिलमा हुने तालिका छ।

गएराति भएको प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा आर्सनलले पीएसभीसँग २–२ को बराबरी गरेपनि समग्रमा ९–३ को फराकिलो जित निकाल्दै आर्सनल अन्तिम आठमा पुगेको हो। आर्सनलले पहिलो लेगमा ७–१ को फराकिलो जित हात पारेको थियो।
अर्को खेलमा मड्रिड डर्बीमा रियल मड्रिडले एथलेटिकोलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै अन्तिम आठमा स्थान बनायो। दोस्रो लेगमा एथलेटिको मड्रिडले रियललाई १–० ले हराएपनि समग्रमा २–२ नतिजा भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो।

एस्टाेन भिल्लाले क्लब ब्रुगमाथि समग्रमा ६–१ को फराकिलो जित हात पार्यो। गएराति भएको दोस्रो लेगमा एस्टाेन भिल्लाले ३–० को जित निकालेको थियो। पहिलो लेगमा भिल्लाले ३–१ को जित दर्ता गरेको थियो।
अर्को खेलमा बोरुसिया डर्टुमुन्डले लिलिमाथि २–१ को जित निकाल्यो। पहिलो लेगमा १–१ को बराबरी भएको खेलमा डर्टमुन्डले समग्रमा ३–२ को जित निकाल्दै क्वार्टरफाइनलको यात्रा तय गरेको हो।
Shares

प्रतिक्रिया