कला


आजबाट हलमा लागे ‘अञ्जिला’ र ‘आउटलः दफा २१९’

आजबाट हलमा लागे ‘अञ्जिला’ र ‘आउटलः दफा २१९’

नेपालखबर
फागुन २९, २०८१ बिहिबार ८:३४, काठमाडौँ

फागु पूर्णिमाको अवसरमा आज दुईवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्। बायोपिक फिल्म ‘अञ्जिला’ र एक्सन फिल्म ‘आउटलः दफा २१९’ हलमा लागेका हुन्।

‘अञ्जिला’ फुटबलर तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म हो। यस फिल्ममा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मका संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। फिल्ममा मुख्य भूमिकामा एञ्जिला आफैँले अभिनय गरेकी छन्।

चलचित्रको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारेसहित झापा र काठमाडौँमा गरिएको हो। प्रेमकुमार श्रेष्ठ निर्माता रहेको फिल्ममा एञ्जिलासहित सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङको अभिनय छ।

त्यसैगरि, एक्सन जनरामा निर्माण भएको ‘आउटलः दफा २१९’ सुशील श्रेष्ठ मुख्य भूमिकामा छन्। विक्की महर्जनको लेखन तथा निर्देशन रहेको फिल्मलाई अमित अग्रहरिले निर्माण गरेका हुन्। 

यस फिल्ममा सुशिलसहित शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारहरुको अभिनय छ। चलचित्र जाँच पास समितिले ‘पीजी सर्टिफिकेट’ दिएको यस फिल्मलाई १६ वर्ष मुनिका बालबालिकालाई बाबुआमाको साथमा हेर्नुपर्नेछ।

पहिलोदिन यी दुबै फिल्मले लगभग बराबर शो पाएका छन्। साथै हलमा प्रदर्शनरत ‘होस्टेल ३’ को दबदबा पनि राम्रै छ। जसकारण आजबाट रिलिज भएका फिल्मको व्यापार भने माउथ पब्लिसिटीले निर्धारण गर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad