खेल


आइपुगे ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसन, मिडफिल्डर कान्टिलाना र फरवार्ड बेलफोर्ट

आइपुगे ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसन, मिडफिल्डर कान्टिलाना र फरवार्ड बेलफोर्ट

नेपालखबर
फागुन २७, २०८१ मंगलबार ११:१९, काठमाडौँ

ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसन नेपाल आइपुगेका छन्।

साइमन युईएफए प्रो-लाइसेन्स प्रशिक्षक हुन्। साइमनले लामो समय लेस्टर सिटी,ब्ल्याकपुल,एस्टन भिल्ला र ब्ल्याकबर्नबाट व्यावसायिक फुटबल खेलेका थिए।

सन् १९९६ को इङ्लिस लिग कप जितेका थिए। प्रशिक्षकका रूपमा ग्रेसनले लिड्स युनाइटेडलाई इंग्लिस लिगको दोस्रो डिभिजन च्याम्यिनसिपमा छनोट गराउनका साथै लिड्स, हर्डसफिल्ड र प्रेस्टन नर्थलाई च्याम्पियनसिपमा उकालेका थिए।

ग्रेसनले भारतको इन्डियन सुपर लिग (आईएसएल) टोली बेंगलुरु एफसीको प्रशिक्षण सम्हालेका थिए। उनको प्रशिक्षणमा बेंगलुरुले डुरान्ड कप जितेको थियो भने इन्डियन सुपर लिग र सुपर कपको फाइनल खेलेको थियो। इंग्लिस फुटबलका अनुभवी प्रशिक्षकको आगमनले टिमलाई झनै बलियो बनाउने अपेक्षा ललितपुरले गरेको छ।

नेपाल सुपर लिग (एनएसएल) का लागि ललितपुर सिटी एफसीसँग आबद्ध हुन पाउँदा उनि अत्यन्तै उत्साहित भएको र अहिलेसम्म प्राप्त गरेको अनुभवले ललितपुर सिटी एफसी तथा समग्र नेपाली फुटबलमा महत्त्वपूर्ण योगदान पुर्‍याउन चाहेको ग्रेसनले बताएका छन्।

त्यस्तै ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग खेल्नका लागि  प्यालेस्टिनी मिडफिल्डर जोनाथन कान्टिलाना पनि नेपाल आइपुगेका छन्। एसिया र मध्यपूर्वका विभिन्न शीर्ष लिगमा खेलेको अनुभव बटुलिसकेका उनलाई ललितपुरले तेस्रो विदेशी खेलाडीको रूपमा टोलीमा भित्र्याएको हो।

प्यालेस्टाइनको राष्ट्रिय टोलीबाट खेल्दै आएका कान्टिलानाले एसिया र मध्यपूर्वका शीर्ष लिगहरूमा व्यापक अनुभव बटुलेकाले क्लबको मिडफिल्ड शक्तिलाई उल्लेखनीय रूपमा बढाउने क्लबले अपेक्षा राखेको छ।

त्यसैगरी हाइटीका फरवार्ड केर्भेन्स बेलफोर्ट पनि नेपाल सुपर लिग खेल्न नेपाल आइपुगेका छन।सन् २०१० देखि २०१७ सम्म हाइटीको राष्ट्रिय टोलीमा रहेका उनले १४ गोल गरेका छन्। 

बेलफोर्टले अघिल्लो सिजन बंगलादेश प्रिमियर लिग क्लब कालिकट एफसीबाट खेलेका थिए। दबाबको स्थितिमा पनि  ट्याकलर गर्न सक्ने क्षमताले उनी ललितपुर सिटी एफसीका लागि महत्त्वपूर्ण खेलाडी हुनेछन्। ललितपुर सिटी एफसीको मार्की प्लेयरमा अनन्त तामाङ छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad