खेल


वुमन्स डे टी–२० कप : नेपाललाई हङकङले दियो १०१ रनको लक्ष्य

वुमन्स डे टी–२० कप : नेपाललाई हङकङले दियो १०१ रनको लक्ष्य

नेपालखबर
फागुन २६, २०८१ सोमबार १९:४, काठमाडौँ

युगान्डामा जारी वुमन्स डे टी–२० कपमा नेपाललाई हङकङले १०१ रनको लक्ष्य दिएको छ। टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १०० रन बनाएको हो। 

हङकङका लागि ओपनर नताशा माइल्सले सर्वाधिक ३५ रन बनाउँदा मारिको हिलले २१ र चाङ का यिङले १२ रन बनाइन्। 

यास्मिन दासवानी ११ रनमा नटआउट रहँदा मरियम बिबी र शान्जीन शहजादले समान ७ रनको योगदान गरे।
नेपालका इश्वरी विष्ट र कप्तान इन्दू बर्माले २/२ विकेट लिए। पूजा महतो र रचनाकुमारी चौधरीले एक एक विकेट लिए।

यसअघि नेपाल नामिवियासँग पराजित भएको थियो भने युगान्डालाई १ विकेटले हराएको थियो। दुई चरणका खेलपछि शीर्षस्थानका दुई टोलीले उपाधिका लागि भिड्ने छन्।

नेपालले जवाफी ब्याटिङ थालेको छ। नेपालका लागि साना प्रवीन र सम्झनाकुमारी खड्का ओपनिङ ब्याटरका रुपमा आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad