खेल


च्याम्पियन्स ट्रफी जित्न भारतले पायो २५२ रनको लक्ष्य

च्याम्पियन्स ट्रफी जित्न भारतले पायो २५२ रनको लक्ष्य

नेपालखबर
फागुन २५, २०८१ आइतबार १८:२२, काठमाडौँ

दुबईमा भइरहेको च्याम्पियन्स ट्रफीको फाइनलमा न्युजिल्यान्डले उपाधिका लागि भारतलाई २५२ रनको लक्ष्य दिएको छ। 

टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्यान्डले ५० ओभर खेल्दै ७ विकेट गुमाएर २५१ रन बनाएको हो।

न्युजिल्यान्डका दुई खेलाडीले अर्धशतक प्हार गरे। मोहम्मद शामीको बलमा रोहित शर्माको हातबाट क्याचआउट भएका ड्यारिल मिचेलले १०१ बलमा ६३ रन र नटआउट रहेका माइकेल ब्रेसवेलले ४० बलमा ५३ रन जोडेपछि न्युजिल्यान्ड २५१ रन बनाउन सफल भयो। 

उसका लागि विल योङले १५, रचिन रविन्द्रले ३७, केन विलियम्सनले ११, टम ल्याथमले १४, ग्लेन फिलिप्सले ३४, मिचेल स्यान्ट्नरले ८ रन बनाए। भारतले १६ अतिरिक्त रन दियो। 

बलिङतर्फ वरुण चक्रवर्ती र कुलदीप यादवले समान २ विकेट झार्दा मोहम्मद शामीले १ र रविन्द्र जडेजाले १ विकेट लिए। भारतका दुई बलर अक्षर पटेल र हार्दिक पाण्ड्या भने विकेटविहीन रहे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad