इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले बेल्जियन क्लब ‘क्लब ब्रुगीविरुद्ध यूईएफए च्याम्पियन्स लिगमा जित निकालेको छ।
गएराति भएको खेलमा भिल्ला १ का विरुद्ध ३ गोलले विजयी भयो।
लियोन बेलीले खेलको ३ मिनेटमै भिल्लाको खाता खोले पनि १२औँ मिनेटमा ब्रुगीका म्याक्सिम डी कुपरले बराबरी गोल फर्काएका थिए। ८२औँ मिनेटमा ब्रुगीका ब्रान्डन मेकेलीले आफ्नै पोस्टमा गोल गरेपछि भिल्लाले २–१ को अग्रता बनायो।
त्यसपछि ८८औँ मिनेटमा पाएको पेनाल्टीलाई भिल्लाका लोनी मार्को एसेन्सियोले सदुपयोग गर्दा भिल्ला सानदार जित निकाल्न सफल रह्यो।
पहिलो लेगमा पाएको जितसँगै भिल्लाले क्वार्टर फाइनलको सम्भावना बलियो बनाएको छ। अब भिल्लाले दोस्रो खेल यही क्लबविरुद्ध मार्च १२ मा भिल्लापार्कमा खेल्नेछ।
48
Shares

प्रतिक्रिया