खेल


मछिन्द्रका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी, विजेता टिमले पायो १५ लाख रुपैयाँ (तस्बिरहरू)

मछिन्द्रका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी, विजेता टिमले पायो १५ लाख रुपैयाँ (तस्बिरहरू)

सरोज नेपाल
फागुन १९, २०८१ सोमबार २२:२८, काठमाडौँ

मछिन्द्र एफसीका सनिश श्रेष्ठ केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।

सोमबार भएको फाइनल खेलमा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोलअन्तरले पराजित गरेको थियो।

जितसँगै मछिन्द्रले रु १५ लाख ११ हजार एक सय ११ तथा उपविजेता आर्मीले रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ।

उत्कृष्ट गोलरक्षक मछिन्द्रका विशाल श्रेष्ठ र सर्वाधिक गोलकर्ता मछिन्द्रकै स्टेफन जमाहा चुनिए।

आर्मीका निराजन धामी प्रतियोगिताको उदयीमान खेलाडी बने।

प्रतियोगिताका विजेता खेलाडी तथा टिमलाई सोमबार साँझ पुरस्कार वितरण गरिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा सम्पन्न फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्यका साथमा दशरथ रङ्गशाला पुगेका थिए।

फाइनल खेल हेर्न इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलरक्षक जियानलुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए।

रङ्गशाला दर्शकले खचाखच भरिएको थियो। खेल सुरु हुनुअघि कलाकारहरुले साङ्गीतिक प्रस्तुुति समेत पस्किएका थिए।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा केपी ओली कप फुटबल च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad