खेल


दशरथ रंगशालामा विश्वविजेता बुफोन [तस्बिरहरू]

दशरथ रंगशालामा विश्वविजेता बुफोन [तस्बिरहरू]

सरोज नेपाल
फागुन १९, २०८१ सोमबार १८:२४, काठमाडौँ

फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन जारी केपी ओली कपको फाइनल खेल हेर्नका लागि दशरथ रंगशाला पुगेका छन्। इटालीका पूर्वकप्तानसमेत रहेका बफोन केपी ओली कप फुटबल प्रतियोगितामा अतिथि बनेर आइबार नेपाल आइपुगेका हुन्।  
 
उनले सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय क्याप जितेका छन्। सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर उनले इटलीका लागि ८० खेलमा कप्तानी समेत गरेका छन्। बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए। 
 
बफोन रंगशाला आउने सूचना पाएका खेलप्रेमीले दशरथ रंगशाला भरिएको छ।    

फाइनलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब उपाधिका लागि भिड्दै छन्।
मछिन्द्र क्लबले शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो। 

त्यस्तै शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

आजको खेल हेर्न प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली पनि दशरथ रंगशाला जानेछन्।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad