खेल


च्याम्पियन्स ट्रफीको सेमिफाइनल समीकरण पूरा

च्याम्पियन्स ट्रफीको सेमिफाइनल समीकरण पूरा

नेपालखबर
फागुन १९, २०८१ सोमबार ७:२९, काठमाडौँ

न्युजिल्यान्डलाई पराजित गर्दै भारत समूह विजेताको रुपमा आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनल खेल्ने भएको छ।

आइतबार राति सकिएको खेलमा भारतले न्युजिल्यान्डलाई ४४ रनले पराजित गर्दै च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको हो। 

भारतसँगको हारले न्युजिल्यान्ड भने समूह उपविजेताको रुपमा सेमिफाइनल खेल्ने भएको छ।

यसअघि नै सेमिफाइनल पुगिसकेका दुई टोली समूह विजेता र उपविजेताको रुपमा अन्तिम चार खेल्ने भएका हुन्‌। 

यो खेलसँगै च्याम्पियन्स ट्रफीको सेमिफाइनल समिकरण पूरा भएको छ। भारतले अब सेमिफाइनलको पहिलो खेलमा समुह वि को उपविजेता टोली अष्ट्रेलियाविरुद्ध खेल्नेछ। न्युजिल्यान्डले भने समुह बी को विजेता टोली दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ।

सेमिफाइनलका खेलहरु मंगलबार र बुधबार हुनेछ।

युएईमा भएको समुह चरणको अन्तिम खेलमा भारतले दिएको २ सय ५० रनको लक्ष्य पछ्‌याएको न्युजिल्यान्ड ४५।३ ओभरमा २ सय ५ रनमा अलआउट भयो। 

न्युजिल्यान्डका केन विलियमसनले बनाएको ८१ रन नै सर्वाधिक रह्यो। कप्तान माइकल ब्रासवेलले २८ र विल योङले २२ रन थपे। 

न्युजिल्यान्डलाई रोक्न भारतका वरुन चक्रवतीले ५ विकेट लिए। उनले ४५ औं ओभरमा लगातार दुई विकेट लिदै भारतलाई सफलता दिएका थिए। कुलदिप यादवले २ विकेट लिए। हार्दिक पाण्ड्या, अक्षर पटेल र रविन्द्र जडेजाले समान एक विकेट लिए।

त्यसअघि दुवइ इन्टरनेशनल क्रिकेट स्टेडियममा न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४९ रनको योगफल तयार पारेको थियो। भारतका श्रेयस ऐरले बनाएको ७९ रन नै सर्वाधिक रह्यो। हार्दिक पाण्डयाले ४५, अक्षर पटेलले ४२, केएल राहुलले २३ रन थपे।

न्युजिल्यान्डका म्याट हेन्रीले ५ विकेट लिए। उनले ५० औं ओभरमा लगातार दुई विकेट लिदै न्युजिल्यान्डलाई सफलता दिलाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad