खेल


मुख्यमन्त्री कप महिला भलिबलको उपाधि एपीएफलाई

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि एपीएफलाई

नेपालखबर
फागुन १५, २०८१ बिहिबार २०:३६, विराटनगर

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८१ को उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले जितेको छ।  

दमक स्थित हिमालय माध्यमिक विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा बागमती महिला टोलीलाई ३ –० को सोझो सेटमा पराजित गर्दै एपिएफ महिला टोलीले उपाधि जितेको हो।  

नेपाल खेलकुद महासङ्घ कोसी प्रदेश कमिटीको आयोजना तथा कोसी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न भएको फाइनल खेलको पहिलो सेटमा एपिएफले २५ अङ्क हासिल गर्दै बागमतीलाई १० अङ्कमा रोक्न सफल भएको थियो भने दोस्रो सेटमा एपिएफले २५ अङ्क जोड्दा बागमती  २२ अङ्कमा रोकियो।

अन्तिम सेटमा बागमतीले १८ अङ्क प्राप्त गर्दा एपिएफ २५ अङ्क जोड्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो। प्रतियोगिताको उपाधि जित्दै एपिएफले ट्रफी, मेडल, प्रमाणपत्र सहित ५ लाख र उपविजेता बागमतीले ट्रफी, मेडल, प्रमाणपत्र सहित ३ लाख प्राप्त गरेको थियो। 

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफको कविता भट्टलाई वुमन अफ म्याच बन्न सफल भइन्।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी एपिएफकी निरूता ठगुन्ना, उत्कृष्ट सर्भिस कविता भट्ट, उत्कृष्ट डिफेन्डर शान्तिकला तामाङ, उत्कृष्ट स्पाइकर सलिना बुढा मगर, उत्कृष्ट ब्लकर सुमित्रा रेग्मी, उत्कृष्ट सटर जस्ना महतो र उत्कृष्ट कोच महेश चौधरी भ ।

उत्कृष्ट खेलाडी ठगुन्नाले ट्रफी सहित नगद २५ हजार र अन्य विधाका उत्कृष्ट खेलाडीहरूले ट्रफी सहित जनही १० हजार प्राप्त गरेका छन्। 

प्रतियोगिताको विजेता लगायत अन्य उत्कृष्ट खेलाडीलाई कोसी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) लगायतले ट्रफी, मेडल हस्तान्तरण गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad