खेल


म्यानमारसँग २ गोलले पराजित भयो नेपाल

म्यानमारसँग २ गोलले पराजित भयो नेपाल

नेपालखबर
फागुन १४, २०८१ बुधबार १९:५८, काठमाडौँ

घरेलु मैदानमा सम्पन्न फोर नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार सम्पन्न फाइनलमा नेपाल म्यानमारसँग २-० गोल अन्तरले पराजित भएको हो। 

खेलमा नेपालले म्यानमारमाथि केही दबाब बनाए पनि गोल निकाल्न भने सकेन। नेपालले खेलमा गोल गर्ने केही अवसर सृजना गरे पनि म्यानमारको बलियो डिफेन्स लाइन तोड्न नसक्दा नेपाल उपविजेतामा सिमिति बन्न पुग्यो। 

म्यानमारको जितमा यु पर खिन र कप्तान विन थेंगी टेनले गोल गरे।  खेलको ६२ औँ मिनेटमा म्यानमारकी यु पर खिनको गोलमा म्यानमारले सुरुवाती अग्रता बनायो। डीबक्स नजिकबाट एक्लैले अघि बढाएको बललाइइ खिनले सेकेण्ड बार च्याप्दै बललाई पोष्टको गति दिएकी थिइन्।

खेलको ६४ औँ मिनेटमा फ्यु फ्यु विनको फ्रिकीकमा कप्तान विन थेंगी टेनले गोल गर्दै म्यानमारको अग्रता दोब्बर पारिन्। खेलको इन्ज्युरी समयमा साम्बाको फ्रिकीक प्रहार म्यानमारकी गोलरक्षकले पन्च गर्दै जोगाइन्। 

खेलको ७० औँ मिनेटमा रश्मी कुमारी घिसिङको प्रहार म्यानमारकी गोलरक्षकले पन्च गर्दै जोगाइन्। त्यसअघि खेलको ५५ औँ मिनेटमा विमला विकले दिएको लामो पासमा साम्बाले फ्लिक गरेको दिएको प्रहारलाई रेखा पौडेलले भेट्न सकिनन्। 

पहिलो हाफको २४ औँ मिनेटमा सान थ थ को शसक्त प्रहार नेपाली डिफेन्डर विमला विकले गोललाइनबाट उत्कृष्ट बचाउ गरिन्। 
खेलको ३५ औँ मिनेटमा साम्बाको हेडर गोलरक्षकले क्लियर गरिन् त्यसकै रिवाउण्डमा रेखा पौडेल र सविता रानामगरको प्रहार म्यानमारका डिफेन्डरले क्लियर गर्दा नेपालले अग्रता बनाउने सुन्दर मौका खेल फाल्यो। 

समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमारले २–२ को बराबरी गरेका थिए। म्यानमारविरुद्धको छैटौँ भेटमा पनि नेपाली टोलीले जित निकाल्न सकेन।

पछिल्लो एक वर्षमा तेस्रो पटक फाइनल खेलेको नेपाल उपविजेतामा सिमित बन्न पुग्यो। नेपाली टोली गत फागुनमा साउदीमा भएको वाफ महिला च्याम्पियनसिपमा जोर्डनसँग पराजित भएको थियो। यस्तै गत कात्तिकमा घरेलु मैदानमा नै भएको साफ च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेतामा सिमित बनेको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad