खेल


१० किलोमिटर दौडमा सरोज र लुत्री प्रथम

१० किलोमिटर दौडमा सरोज र लुत्री प्रथम

नेपालखबर
फागुन १४, २०८१ बुधबार १४:१३, विराटनगर

नेपाली सेनाको पूर्वी पृतना हेड क्वाटर इटहरीले आयोजना गरेको कोसी प्रदेशस्तरीय खुला १० किलोमिटर दौडको उपाधि सरोज लिम्बूले जितेका छन्।

२६२औँ सेना दिवसको अवसरमा आयोजित दौडमा निर्धारित दूरी ३१ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै लिम्बू च्याम्पियन बनेका हुन्। लिम्बूभन्दा १ सेकेन्ड ढिला गरी निर्धारित दूरी पार गरेका ओशन राई दोस्रो भए। ३२ मिनेट १२ सेकेन्डमा दूरी पूरा गर्दै यमराज खत्री तेस्रो भए।

महिलातर्फ लुत्रीमाया विश्वकर्मा प्रथम भइन्। उनले निर्धारित दूरी ४० मिनेट ४० सेकेन्डमा पूरा गरिन्। 

सावित्री लिम्बूले ४१ मिनेट १४ सेकेन्ड र सुधा तामाङ ४१ मिनेट ३६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै दोस्रो र तेस्रो भए।

प्रथम हुनेले नगद ३० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले २० हजार पुरस्कार पाए।

३ दशमलव २ किलोमिटर छात्र समूहतर्फ विनोद राई ११ मिनेट ५७ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बने। सुबोध ढकालले १२ मिनेट ८ सेकेन्ड र पर्वत पराजुलीले १२ मिनेट ९ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो र तेस्रो भए। 

छात्रातर्फ रेश्मा दर्जीले ११ मिनेट १ सेकेन्डमा निर्धारित २ दशमलव ५ किलोमिटर दूरी पूरा गर्दै प्रथम भइन्।

वर्षा राईले ११ मिनेट ५१ सेकेन्ड र कुस्मा भुजेलले १२ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै प्रथम र दोस्रो भए। १ किलोमिटर हृवीलचियरतर्फ विष्णुकान्त चौधरी प्रथम, निराजन विक दोस्रो र नबिराज राई तेस्रो भए।

विजेता धावक धाविकाहरूलाई कोसी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की, पूर्वी पृतना हेड क्वाटर इटहरीका पृतनापति पवन घिमिरे लगायतले पुरस्कार प्रदान गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad