जुलाईमा जापानको टोकियोमा हुने तय भएको ओलम्पिक खेल सरेको छ।
जापानी प्रधानमन्त्री आबे सिन्जोले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग खेल स्थगित गर्ने सहमतिमा आफू पुगेको जानकारी दिएका छन्।
उनले कमिटीका अध्यक्ष थोमस बाखसँग सहमति गरेका हुन्।
आबेले ओलम्पिक कमसे कम एक वर्षलाई सर्ने बताएका छन्।
कोरोना भाइरस महामारीका कारण ओलम्पिक सार्न विभिन्न मुलुकले दबाब दिँदै आएका थिए। तर, जापानी अधिकारीहरु यसका लागि तयार भएका थिएनन्।
हालै क्यानडाले निर्धारित समयमै खेल भए आफ्ना खेलाडी सहभागी नहुने बताएको थियो। एजेन्सी
प्रतिक्रिया