घरेलु मैदानमा जारी फोर नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल पहिलो हाफ चलिरहँदा २-१ ले पछि परेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगशालामा खेलको पहिलो हाफ जारी रहँदा खेल २-१ को स्थितीमा पुगेको हो। खेलको सुरुवातमा नै १–० ले पछि परेको नेपाल सविता रानाको गोलमा खेलमा फर्किएको थियो। खेलको ११ औँ मिनेटमा सविता राना मगरको गोलमा नेपाल बराबरीमा आएको थियो। सविताले सावित्रा भण्डारीको क्रसमा बललाई पोष्टको जाली चुमाइन्।
त्यसअघि खेलको छैटौँ मिनेटमा नै म्यान्मार नाई खिनको फ्रिकीक प्रहार नेपालकी गोलरक्षक अञ्जना राना मगरले जोगाउन नसक्दा नेपाल पछि परेको थियो। नेपालले बराबरी गोल गरेलगत्तै म्यानमारले थप एक गोल गरेर २-१ गोलले अघि भएको छ।
म्यानमारविरुद्ध नेपालले परिवर्तन गर्यो तीन खेलाडी
4.7k
Shares

प्रतिक्रिया