खेल


केपी ओली कप च्याम्पियनसिपको शुभारम्भ

केपी ओली कप च्याम्पियनसिपको शुभारम्भ

केपी ओली कप उद्घाटनमा प्रधानमन्त्री। तस्बिरहरू: सरोज नेपाल


नेपालखबर
फागुन ११, २०८१ आइतबार १७:२६, काठमाडौँ

युवा संघ, नेपालद्वारा आयोजित तेस्रो केपी ओली कप च्याम्पियनसिपको आज शुभारम्भ भएको छ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, वरिष्ठ कलाकार हरिवंश आचार्यसहितले ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा प्रतियोगी खेलाडीलाई बल प्रदान गरेर खेलको शुभारम्भ गरेका हुन्।

प्रथम महिला राधिका शाक्यका साथमा पुगेका प्रधानमन्त्री ओलीले एपीएफ क्लब, नेपाल र ब्लाक बोल्ट क्लब, उज्बेकिस्तानबीचको पहिलो खेल अवलोकन गरेका थिए।

कार्यक्रममा प्रधानमन्त्री ओलीको ७४ औँ जन्मदिनका अवसरमा उनलाई विशेष उत्सवसहित शुभकामना दिइएको थियो। कलाकारहरू बद्री पंगेनी र समीक्षा अधिकारीले गीतबाटै प्रधानमन्त्री ओलीलाई सुस्वास्थ्य र दीर्घायुको कामना गरेका थिए।

ओलीको जन्मदिनका अवसरमा पुष्पवृष्टि गरेर केक काटिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad