युवा संघ, नेपालद्वारा आयोजित तेस्रो केपी ओली कप च्याम्पियनसिपको आज शुभारम्भ भएको छ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, वरिष्ठ कलाकार हरिवंश आचार्यसहितले प्रतियोगी खेलाडीलाई बल प्रदान गरेर खेलको शुभारम्भ गरेका हुन्।
प्रथम महिला राधिका शाक्यका साथमा पुगेका प्रधानमन्त्री ओलीले एपीएफ क्लब, नेपाल र ब्लाक बोल्ट क्लब, उज्बेकिस्तानबीचको पहिलो खेल अवलोकन गरेका थिए।
कार्यक्रममा प्रधानमन्त्री ओलीको ७४ औँ जन्मदिनका अवसरमा उनलाई विशेष उत्सवसहित शुभकामना दिइएको थियो। कलाकारहरू बद्री पंगेनी र समीक्षा अधिकारीले गीतबाटै प्रधानमन्त्री ओलीलाई सुस्वास्थ्य र दीर्घायुको कामना गरेका थिए। ओलीको जन्मदिनका अवसरमा पुष्पवृष्टि गरेर केक काटिएको थियो।






51
Shares

प्रतिक्रिया