समाज


केबुलकार विवाद: फुङलिङमा झडपपछि १५ जना पक्राउ

केबुलकार विवाद: फुङलिङमा झडपपछि १५ जना पक्राउ

नेपालखबर
फागुन ११, २०८१ आइतबार १०:१२, विराटनगर

ताप्लेजुङको फुङलिङमा शनिबार राति भएको झडपपछि प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ।  

उछृङ्खल गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता विवेक बस्नेतले जानकारी दिए। 

राँके जुलुस निकाल्ने क्रममा शनिबार राति  प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ११ जना घाइते भएका छन्।  

पदयात्रा सकेपछि ताप्लेजुङको फुङलिङ बजारस्थित वीरेन्द्र चोकमा कोणसभा गर्ने भनिए पनि प्रदर्शनकारीले एकाएक राँके जुलुस निकालेर सर्बसाधारणको घरमा छिरेपछि झडप भएको प्रहरीले जनाएको छ।  

राँके जुलुस निकाल्ने क्रममा सर्वसाधारणको घर घरमा राँको लिएर प्रदर्शनकारी छिर्न थालेपछि अवस्था बिग्रिएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले जानकारी दिइन्।

‘साँझ उहाँहरूको कोणसभा गर्ने कार्यक्रम थियो, कोणसभा नगरी राँके जुलुस निकाल्नुभयो,’ उनले भनिन्,  ‘राँके जुलुस लिएर सर्वसाधारणको घर घरमा छिर्न थालेपछि समस्या भएको हो।’  

प्रदर्शनकारी नागरिकको घर घरमा छिरेपछि अवस्थालाई नियन्त्रणमा लिन केही सेल अश्रुग्याँस प्रहार गरिएको प्रहरीले जनाएको छ।

ताप्लेजुङवासी पाथिभरामा केबुलकार  बन्नु पर्छ र बन्नु हुँदैन भन्ने दुई ध्रुवमा विभाजित छन् । केबुलकार  बन्नु हुँदैन भन्ने पक्षले केबलकार निर्माण स्थल केन्द्रित आन्दोलन गर्दै आएका छन्। 

केबुलकार बन्नु पर्छ भन्ने पक्षले तिन दिन पहिला फुङलिङ बजारमा केबुलकार  बन्नु पर्ने भन्दै सद्भाव र्‍याली निकालेका थिए।  

सम्भावित घटना हुन नदिन आइतबार  जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फुङलिङ बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।  

स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) बमोजिम ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारीले बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad