खेल


प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका खड्का प्रथम

प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका खड्का प्रथम

नेपालखबर
फागुन १०, २०८१ शनिबार १३:४, काठमाडौँ

यस वर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामाअन्तर्गत ४२ किमि दूरीको दौडमा रणशेर गणका हुद्दा खड्गबहादुर खड्का प्रथम भएका छन्। 

सैनिक मुख्यालय परिसरस्थित खेल मैदानमा आज आयोजित समारोहमा रक्षामन्त्री मानवीर राईले उनलाई रु तीन लाखसहित ट्रफी र पदक प्रदान गरे। 

कूल  तीन सय तीन धावक सहभागी प्रतियोगितामा कुमारी दल गणका प्युठ राजन रोकाय दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका गोपीचन्द्र पार्कीले तेस्रो स्थान हासिल गरे। उनीहरूलाई क्रमशः रु दुई लाख र एक लाख नगदसहित पदक र प्रमाणपत्र प्रदान गरियो।

त्यस्तै २१ किलोमिटर दूरीको हाफ म्याराथन खुला पुरुषतर्फ देवी दल गणका प्युठ मुकेश पाल प्रथम, शेर गण दलका अमलदार गजीन्द्र राई द्वितीय तथा गणेश दल गणका अमलदार नरेन्द्र रावल तृतीय घोषित भए। 

प्रधानसेनापति अशोकराज सिग्देलले कूल आठ सय ६३ धावक सम्मिलित उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई क्रमशः रु ७५ हजार, ५० हजार र ३५ हजार नगदसहित प्रमणपत्र प्रदान गरे। 

महिलातर्फको २१ किमि दूरीको हाफ म्याराथन प्रतियोगितामा सन्तोष श्रेष्ठ पहिलो, भगवती दल गणकी प्युठ पूर्ण लक्ष्मी न्यौपाने दोस्रो तथा गरुढ दल गणकी प्युठ निर्मला केसीले तेस्रो स्थान हासिल गरे। पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले उनीहरूलाई क्रमशः रु ७५ हजार, ५० हजार र ३५ हजार नगद र प्रमणपत्र प्रदान गरे। 

दस किलोमिटर दूरीको सैनिक सहचारीतर्फको दौडमा भारतीय दूतावासका प्रेमलाल चौहान प्रथम, सोही दूतावासका विकास कुमार द्वितीय तथा बेलायती दूतावासका सुमन राई तृतीय भए। सेनाका अधिकृततर्फको १० किमि दौडमा उपसेनानी सन्तोष श्रेष्ठ, सहसेनानी सुरेन्द्र बस्नेत र  उपसेनानी दीपराज खत्री क्रमश: प्रथम,  द्वितीय र तृतीय घोषित भए। 

सेनाका महिला अधिकृततर्फको १० किमि दूरीको दौडमा उपसेनानीत्रय जिना गुरुङ, कुसुम तामाङ र अस्मिता जीसी क्रमश: प्रथम, द्वितीय र तृतीय भए। 

त्यस्तै सैनिक महाविद्यालय तथा विद्यालय र राष्ट्रिय सेवा दलका कक्षा १० देखि १२ कक्षासम्म अध्ययन छात्रतर्फ चाणक्य माध्यमिक विद्यालयका विश्वराज कुँवर, सैनिक आवासीय महाविद्यालयका अमित थिङ र राष्ट्रिय सेवा दलका छात्र सुजित मगरले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरे। 

त्यस्तै पाँच किमि दूरीको कक्षा १० देखि १२ सम्म अध्ययनरत छात्रातर्फ विजेश्वरी ज्ञान मन्दिरका आयुश्मा आचार्य, निकिता राउत र करुणा खड्का प्रथम, द्वितीय र तृतीय भए।

पाँच किमि दूरीका दौडमा सोही महाविद्यालय मातहतका कक्षा ७ देखि १२ सम्म अध्ययनरत छात्रतर्फ मौसम रोकाय, बवीन अधिकारी र दिपेश रिमाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए। ती सबै विधाका दौड प्रतियोगितामा करिब दुई हजारको सङ्ख्यामा धावकको सहभागी रहेको नेपाली सेना सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले जनाएको छ। 

सामाजिक एकताको प्रतीकका रूपमा रहेको खेलकुद क्षेत्रको विकास तथा नागरिक सैनिक सम्बन्ध प्रगाढ तुल्याउने उद्देश्यले सेना दिवसका अवसरमा विसं २०७२ देखि यो प्रतियोगिता सञ्चालन भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad