नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले महिला च्याम्पियन्सिपअन्तर्गत शुक्रबारको खेलमा आफ्नो टिमलाई हार्न नहुने दबाब रहेको बताएका छन्। बिहीबार पत्रकारहरूसँग कुरा गर्दै तामाङले लेबनान बलियो टोली रहेको र उनीहरूलाई जित्नै पर्ने दबाब भएको बताएका हुन्।
तामाङले वाफ वुमन्स (वाफ) च्याम्पियन्सिपको बदला लिने दाउमा लेबनान रहेको पनि बताए।
'लेबनान बलियो टोली हो। हामीलाई हार्न हुँदैन भन्ने दबाब छ, उनीहरूलाई जित्नैपर्ने दबाब छ,' उनले वाफमा हामीसँग भोगेको हार लेबनानलाई चित्त बुझिरहेको छैन, त्यसैले पनि हामीलाई सबै खर्च व्यहोर्छौ खेल्न आउ भनेका थिए,' उनले भने, 'हामी नतिजामूखी छौँ। भोलिको खेल बराबरीभन्दा पनि जित्नका लागि नै खेल्नुपर्छ।'
वाफमा नेपाली टोलीलाई निकै दबाब दिएको स्मरण गर्दै तामाङले थपे, 'यो पटक हामी दबाबमा राख्ने रणनीतिमा छौँ। मिडफिल्डको जिम्मेवारी महत्त्पूर्ण छ। महत्वपुर्ण छ। साम्बा र रेखालाई कस्तो बल दिने भन्ने हो। अस्तिको खेल हेरेर पनि नयाँ रणनीतिमा हुनेछौँ।'
निशा थोकर चोटका कारण नखेल्दा सेन्टर ब्याकमा अमृता जैसी र समीक्षा घिमिरे रहेको र उनीहरू मध्ये एकलाई मैदान उतार्ने उनको भनाइ छ।
तामाङले लेबनानको फरवार्ड बलियो र ट्याक्टिकल रहेको पनि बताए। 'लेबनानको एटेकिङ बलियो छ, फरवार्ड स्ट्रोङ छ। ट्याक्टीकल बलियो छ,' उनले भने, 'खेल हाम्रो मैदानमा हुँदैछ। त्यसैले हामी दबाबबिना खेल्न जरुरी छ।'
Shares

प्रतिक्रिया