नेपाली महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी 'साम्बा'ले पहिलो खेलमा खेलाडीबीच राम्रो समन्वय हुन नसकेको प्रतिक्रिया दिएकी छन्। पत्रकारहरूसँग छोटो प्रतिक्रिया दिँदै साम्बाले गल्तिलाई सच्याउँदै आगामी खेल सुधारेर जितका लागि खेल्ने बताइन्।
शुक्रबार नेपालले घरेलु मैदान दशरथ रंगशालामा लेबनानसँग प्रतिस्पर्धा गर्दैछ। उनले अघिल्लो खेलको समस्यालाई पहिचान गरेर सुधारसहित मैदान उत्रिने पनि बताइन्।
'पहिलो खेलमा टिम कम्बिनेसनमा केही समस्या भयो। त्यो गल्तिलाई कम गर्दै जितका लागि खेल्नेछौँ,'साम्बाले भनिन्, 'हामीलाई हरेक समय कोचले एकअर्कामा कसरी खेलाइरहनु भएको भनेर कुराकानी भइरहेको छ। खेलाडीमा सिकौँ गरौँ भन्ने देखिएको छ।'
उनले लेबनानलाई कमजोर नठानी खेलमा ध्यान दिने बताइन्। 'लेबनानविरुद्ध मात्र हैन कमजोर प्रतिद्वन्द्वी भए पनि सजिलो रुपमा लिन हुँदैन। वाफमा भन्दा पनि यो टोली ब्यालेन्समा देखिएको छ,' उनले थपिन्, 'हामी टिम खेल खेलेर जित्ने प्रयास गर्नेछौँ। लेबनान राम्रो टिम भएकोले हामी पनि राम्रो खेल खेल्नेछौँ।'
Shares

प्रतिक्रिया