नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले भोलि सोमबार सुरु हुने च्याम्पियनसिपका लागि टोलीको तयारी राम्रो रहेको बताएकी छन्।
आइतबार दशरथ रंगशालामा खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान सुब्बाले तयारी राम्रो रहे पनि अब त्यसलाई मैदानमा प्रमाणित गर्नु पर्ने बताइन्।
‘सहभागी हुने सबै टिम बलिया छन्। हाम्रो पनि तयारी राम्रो छ। तर हामीले जित्छौँ भनेर भन्नु भन्दा पनि अब मैदानमा प्रमाणित गरेर देखाउनपर्छ, देखाउँछौँ। हामी आफ्नो-आफ्नो ठाउँबाट राम्रो गर्छौँ’, कप्तान एन्जिलाले भनिन्।
यसअघिका खेलमा भएका कमजोरीलाई सुधार गर्ने पनि एन्जिलाले प्रतिवद्धता जनाइन्। साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग घरेलु मैदानमा पराजित भएको थियो। उक्त हारको अपजस एन्जिलाले पनि व्यहोर्नु परेको थियो।
‘यसअघिको खेलमा हाम्रो जुन गल्ती भयो डिफेन्स र गोलकिपरको। यो पोजिसन नै अपजसे हो। कोचले भने अनुसार नै हामी खेलिरहेका छौँ। पहिलाको जस्तो गल्ती हुँदैन जस्तो लाग्छ मलाई। त्यो गल्तीलाई हामीले सच्याइसकेका छौँ’, एन्जिलाले भनिन्।
नेपालले सोमबार किर्गिस्तानसँग पहिलो खेल खेल्दैछ। १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र किर्गिस्तानसँगै, म्यानमार र लेवनान पनि सहभागी हुनेछन्। सबै टोली नेपाल आइसकेका छन्। कप्तान एन्जिला भन्छिन्– तयारी राम्रो छ, अब मैदानमा प्रमाणित गर्छौं
नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले भोलि सोमबारदेखि सुरु हुने च्याम्पियनसिपका लागि टोलीको तयारी राम्रो रहेको बताएकी छन्।
आइतबार दशरथ रंगशालामा खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान सुब्बाले तयारी राम्रो रहे पनि अब त्यसलाई मैदानमा प्रमाणित गर्नु पर्ने बताइन्।
‘सहभागी हुने सबै टिम बलिया छन्। हाम्रो पनि तयारी राम्रो छ। तर हामीले जित्छौँ भनेर भन्नु भन्दा पनि अब मैदानमा प्रमाणित गरेर देखाउनपर्छ, देखाउँछौँ। हामी आफ्नो आफ्नो ठाउँबाट राम्रो गर्छौँ’, कप्तान एन्जिलाले भनिन्।
यसअघिका खेलमा भएका कमजोरीलाई सुधार गर्ने पनि एन्जिलाले प्रतिवद्धता जनाइन्। साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग घरेलु मैदानमा पराजित भएको थियो। उक्त हारको अपजस एन्जिलाले पनि व्यहोर्नु परेको थियो।
‘यसअघिको खेलमा हाम्रो जुन गल्ती भयो डिफेन्स र गोलकिपरको। यो पोजिसन नै अपजसे हो। कोचले भने अनुसार हामी खेलि नै रहेका छौँ। पहिलाको जस्तो गल्ती हुँदैन जस्तो लाग्छ मलाई। त्यो गल्तीलाई हामीले सच्याइसकेका छौँ’, एन्जिलाले भनिन्।
नेपालले सोमबार किर्गिस्तानसँग पहिलो खेल खेल्दैछ। १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र किर्गिस्तानसँगै, म्यानमार र लेवनान पनि सहभागी हुनेछन्। सबै टोली नेपाल आइसकेका छन्।
Shares

प्रतिक्रिया