ब्ल्याक बुल्स एफसीका सभ्कातजोन सत्तरोभ पोखरामा सम्पन्न आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेसँगै उनले टेल्जीको एक थान इलेक्ट्रिक स्कुटर प्राप्त गरे। उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन्। उनले प्रतियोगिताभर ३ गोल गरेका थिए।
शनिबार पोखरा रगंशालामा भएको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै ब्ल्याक बुल्स एफसीले उपाधि उचालेको थियो। व्यक्तीगत विधामा च्याम्पियन उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीको वर्चश्व रहेको छ।
प्रतियोगिताको उदियमान खेलाडी नेपाल पुलिस क्लबका सञ्जिव लामा बने। उनले २५ हजार रुपैयाँ प्राप्त गरे।
उत्कृष्ट गोलरक्षक ब्ल्याक बुल्सका जसुवेक राजाबोभ, उत्कृष्ट डिफेन्डर अलिजोन अलिजोनोभ बने। प्रशिक्षक अब्दुल अजिज निसोनभेव बन्न सफल भए।
फेयर प्ले अवार्ड सिक्कीमको थन्डरबोल्ट युनाइटेड क्लबले पाएको छ।
Shares

प्रतिक्रिया