खेल


पत्रकार र युवा संघबीचको फुटबल प्रतियोगिता बराबरीमा

पत्रकार र युवा संघबीचको फुटबल प्रतियोगिता बराबरीमा

नेपालखबर
माघ २९, २०८१ मंगलबार १९:५९, ललितपुर

केपी ओली कप अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिताको प्रचारप्रसारका लागि खेलकुद पत्रकार र युवा संघ नेपालबीच भएको खेल बराबरीमा टुङ्गिएको छ।

यही फागुन ११ गतेदेखि १९ गतेसम्म हुने तेस्रो संस्करणअन्तर्गतको प्रतियोगिताको प्रचारप्रसारका लागि आज एन्फा खेलमैदान सातदोबाटोमा भएको खेल ४ –४ गोलको बराबरीमा टुङ्गिएको हो।

आज नेकपा एमालेका नेता भानुभक्त ढकालले रेफ्रीलाई फुटबल हस्तान्तरण गर्दै खेल शुभारम्भ गरेका थिए।

प्रतियोगितामा ‘ए’ डिभिजन क्लब र केही विदेशीसहित १० टोलीको सहभागिता रहने युवा संघले जनाएको छ।

विजेताले रु १५ लाख ११ हजार १११, उपविजेताले रु पाँच लाख प्राप्त गर्ने युवा संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए। प्रतियोगिताको क्वाटरफाइनलसम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तथा सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उनले बताए।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदियमान खेलाडीलाई रु ५०–५० हजार दिइने युवा संघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad