खेल


एम्बाप्पेको गोलमा रियल मड्रिड हारबाट जोगियो

एम्बाप्पेको गोलमा रियल मड्रिड हारबाट जोगियो

नेपालखबर
माघ २७, २०८१ आइतबार ७:०, काठमाडौँ

केलियन एमबाप्पेको निर्णायक गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ। 

शनिबार राति मड्रिड डर्वीमा रियलले एथलेटिको मड्रिडसँग १–१ को बराबरी गर्दै अंक बाँडेको हो। 

खेलको ३५ औँ मिनेटमा जुलियन अल्भारेजको पेनाल्टी गोलमा एथलेटिकोले सुरुवाती अग्रता बनाएको थियो। 

पहिलो हाफमा १–० ले पछि परेको रियलले खेलको दोस्रो हाफमा पुनरागमन गर्दै घरेलु मैदानमा अंकबिहिन बन्नबाट जाेगियाे। 

खेलको ५० औँ मिनेटमा केलियन एमबाप्पेको गोलमा रियल खेलमा फर्किएको थियो। 

त्यसपछि खेलमा थप गोल हुन नसक्दा दुबै टोलीले एक एक अंक बाँडे। बराबरीपछि एथलेटिकोले शीर्ष स्थानमा पुग्ने मौका गुमायो। याे नतिजाले बार्सिलाेनालाई फाइदा पुगेकाे छ। अबकाे खेल जिते बार्सिलाेना पनि उपाधि हाेडमा बलियाे हुनेछ। 

लिगको २३ खेलमा १५ खेल खेलेमा जित, ५ खेलमा बराबरी र ३ खेलमा बराबरी गरेको रियल ५० अंकमा शीर्ष स्थानमा छ। समान खेलबाट १४ खेलमा जित, ७ मा बराबरी र २ मा हार भोगेको एथलेटिको ४९ अंकमा दोस्रो स्थानमा छ। 

मड्रिडभन्दा एक खेल कम खेलेको बार्सिलोना ४५ अंकमा तेस्रो स्थानमा छ। 

गएराति भएको अर्को खेलमा एथलेटिको क्लबले जिरोनालाई ३–० ले तथा तथा सेल्टा भिगोले रियल बेटिसलाई ३–२ ले पराजित गरेकाे छ। 

अर्को खेलमा भिल्लारियलले लस पलमासलाई २–१ ले पाखा लगायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad