समाज


काठमाडौँ आउँदै गरेको बस टायर पन्चर भएर पुलबाट खस्यो

२३ जना घाइतेको चितवन मेडिकल कलेजमा उपचार हुँदै
काठमाडौँ आउँदै गरेको बस टायर पन्चर भएर पुलबाट खस्यो

तस्बिर रासस


नेपालखबर
माघ २७, २०८१ आइतबार ७:१८, काठमाडौँ

नेपालगञ्जबाट काठमाडौँ तर्फ आउँदै गरेको लु प्र ०३-००१ ख ००७७ नम्बरको बस आज बिहान चितवनमा दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभानमा आज बिहान ४ः३० बजे बस पुलबाट खसेर दुर्घटना भएको  हाे।

इलाका प्रहरी कार्यालय मुग्लिनकी  प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले  जानकारी दिइन्। 

बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएका हुन्। ‘घाइतेलाई उपचारको लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएको छ,’ भन्डारीले भनिन्। 

बसमा सवार अन्य यात्रु भने सकुशल छन्। ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad