खेल


ब्रिगेड ब्वाइजलाई पन्छाउँदै नेपाल पुलिस आहा-राराको सेमिफाइनलमा

ब्रिगेड ब्वाइजलाई पन्छाउँदै नेपाल पुलिस आहा-राराको सेमिफाइनलमा

नेपालखबर
माघ २६, २०८१ शनिबार १७:५१, काठमाडौँ

ब्रिगेड ब्वाइज क्लब युकेलाई पराजित गर्दै नेपाल पुलिस क्लब आहा-रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

पोखरा रगंशालामा शनिबार भएको क्वार्टरफाइनलमा ब्रिगेड ब्वाइज क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस क्लब अन्तिम चारमा पुगेको हो। 

खेलको पहिलो हाफमा नै २-० को अग्रता बनाएको पुलिसका लागि त्यो नै निर्णायक बन्यो। 

पहिलो हाफको २८ औँ मिनेटमा विवेक पाण्डेको गोलमा पुलिस क्लबले सुरुवाती अग्रता बनाएको थियो। विवेकले कर्नरबाट सिधै गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। 

खेलको ४० औँ मिनेटमा राम वाजीको गोलमा पुलिस क्लबले अग्रता दोब्बर पार्‍यो। 
६ पटकको च्याम्पियन पुलिस क्लब सातौँपटक उपाधि उचाल्ने योजनामा छ। 

पुलिस क्लबले अब सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग भिड्नेछ। सो खेल माघ ३० गते हुनेछ। 

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि आइतबार थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लब भिड्नेछन्। पोखरा रगंशालामा नै हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।
 
मछिन्द्रले एपीएफ फुटबल क्लबलाई २–० गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। थ्रीस्टारले भने प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad