राजनीति


विश्वप्रकाश शर्माले भने : सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी छ

विश्वप्रकाश शर्माले भने : सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी छ

फाइल तस्बिर


नेपालखबर
माघ २६, २०८१ शनिबार १८:१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालसम्बन्धी विधेयक आवश्यक संवाद र परिमार्जन गरेर मात्रै संसद्‌बाट पारित गर्ने बताएका छन्।

शनिबार काठमाडौँ आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। सरकार र सामाजिक सञ्जाल प्रयोगकर्ता दुवैको शैली भने परिवर्तन गर्न जरुरी रहेको शर्माको भनाइ छ।  

'सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी छ। राजनीतिले पनि आफूभित्र परिवर्तन खोज्नु भनेको छ। सामाजिक सञ्जालको प्रयोगकर्ताहरूले पनि यसको प्रयोग गरिरहँदै गर्दा राख्नुपर्ने मर्यादको सन्दर्भमा गम्भीर बहसमार्फत परिमार्जन गर्न जरुरी छ,' उनले भने, 'सामाजिक सञ्जाल भनेको संसद् बाहिरको संसद् हो। यो संसद्ले सही ढंगले फिडब्याक दिने कर्म गर्‍यो भने, यो बाहिर रहेको संसद्‌मा सही प्रश्नमा सही ढंगले खबरदारी गर्‍यो भने भित्र रहेको संसद्ले आफूलाई अझ बढी जिम्मेवार बनाउन, देश जनताको मुद्दाप्रति अझै गम्भीर बन्न, आफूलाई परिमार्जित गर्नका लागि सजिलो हुन्छ। शासन प्रणाली बदल्यौँ तर शासनको शैली अझै बदल्न सकेका छैनौँ। यो विधेयक आउँदै गर्दा आम सरोकारवालाहरूसँग छलफल हुनुपर्दथ्यो।' 

उनले सरकारमै रहेको दल नेपाली कांग्रेससँग पनि छलफल नगरिएको भन्दै आपत्ति जनाए। शासन शैली प्रजातान्त्रिक नभएको भन्दै उनले यसलाई परिमार्जन गर्न आग्रह गरे। 
 

'सरकारमै रहेको मुख्य दुई दलबीचमा पनि गहन संवाद भएन। त्यसले के बताउँछ भने शासन गरिरहँदाको शैली मोर डेमोक्रेटी हुनुपर्दथ्यो, अपनत्वको अनुभुति हुनुपर्दथ्यो,' उनले थपे,'अहिले सामाजिक सञ्जाल सम्बन्धी जुन विधेयक आएको छ। यो विधेयक आवश्यक संवादपछि, छलफलपछि, परिमार्जनपछि मात्रै पास हुन्छ।’

महामन्त्री शर्माले प्रतिनिधि चुनिएका व्यक्तिहरूले नै लोकतन्त्रलाई हनन गरेको उदाहरण कतिपय ठाउँमा रहेको भन्दै यसमा गम्भीर बन्नुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad