खेल


भ्यालेन्सियालाई ५ गोलले हराउँदै बार्सिलोना सेमिफाइनलमा

फेरान टोरेसले गरे ह्याट्रिक
भ्यालेन्सियालाई ५ गोलले हराउँदै बार्सिलोना सेमिफाइनलमा

नेपालखबर
माघ २५, २०८१ शुक्रबार ९:५१, काठमाडौँ

फेरान टोरेसको ह्याट्रिक मद्दतमा भ्यालेन्सियालाई हराउँदै क्याटलान क्लब बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति भएको क्वार्टरफाइनलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५–० को फराकिलो अन्तरले जित्दै अन्तिम चारमा स्थान बनाएको हो।

बार्सिलोनाका लागि फेरान टोरेसले ह्याट्रिक गरे। फर्मिन लोपेज र लमिन यमालले एक/एक गोल गरे।

खेलको पहिलो हाफमै ४–० को अग्रता बनाएको बार्साले दोस्रो हाफमा एक गोल मात्र थप्यो।

फेरान टोरेसले खेलको तेस्रो मिनेटमै गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। उनले १७ र ३०औँ मिनेटमा गोल थप्दै पहिलो हाफमा नै ह्याट्रिक पूरा गरे। 

खेलको २३औँ मिनेटमा पेड्रीको पासमा फर्मिन लोपेजले बार्सिलोनाको अग्रता फराकिलो पारे। लामिन ले ५९औँ मिनेटमा राफिन्हाको पासमा गोल गर्दै टोलीलाई ५–० को अवस्थामा ल्याए। 

गएराति नै भएको अर्को क्वार्टरफाइन्लमा रियल सोसिडाडले ओसासुनालाई २–० ले हराउँदै सेमिफाइनलमा पुगेको छ।

योसँगै कोपा डेल रे को सेमिफाइनल समिकरण पूरा भएको छ। यसअघि रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले सेमिफाइनलमा स्थान बनाइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad